चितवन-२ मा एमालेका रामप्रसाद न्यौपानेको उम्मेदवारी दर्ता

काठमाडाैं | चैत २०, २०७९

चितवन-२ मा एमालेका रामप्रसाद न्यौपानेको उम्मेदवारी दर्ता

चितवन:  चितवन-२ मा हुने उपनिर्वाचनका लागि नेकपा (एमाले)का रामप्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन्। उनी एमाले चितवनका अध्यक्ष हुन्।

 

उनले पार्टीका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन्।

 

गत मंसिरमा प्रतिनिधि सभाको निर्वाचनका लागि उनले चितवन-३ बाट उम्मेदवारी दर्ता गरेका थिए। तर अन्तिम समयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पत्र पठाएर उनको उम्मेदवारी फिर्ता लिएका थिए। एमालेले नेपाली कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गर्‍यो। तर उनी पराजित भए।

 

गत निर्वाचनमा चितवन-२ बाट एमालेका कृष्णभक्त पोखरेल उम्मेदवार थिए। उनी १४६४७ भोट ल्याएर तेस्रो भए। पोखरेल २०७० र २०७४ सालमा उक्त क्षेत्रबाट निर्वाचित भएका थिए। गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा यो क्षेत्रका वडाध्यक्षका उम्मेदवारहरूले पाएको मत जोड्दा नेकपा एमालेको सबैभन्दा बढी थियो।

गण्डकी:   कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग खेल्दै थिए । प्रकृति र जीवनका अनेक भावभङ्गीलाई उनीहरुले क्यानभासमा उतारे । आइतबार पर्वतको कुश्मास्थित शताब्दी घर कलामय बन्यो । एकै थलोमा अनुजदेखि अग्...

थप पढ्नुहोस्

काठमाडौं:   राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उमेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ । आगामी फागुन २१ गते प्रत...

थप पढ्नुहोस्

पोखरा:    हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उपाधि डायमण्ड सेकेण्डरी स्कुलले जितेको छ । आइतबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा डाय...

थप पढ्नुहोस्